News by: helpline
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज बिहिबार देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान गरेको छ ।
हाल नेपालमा उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणालीको प्रभाव र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। तराई भू–भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ र दिउँसो मौसम मुख्यतया सफा रहनेछ।
त्यसैगरी आज राती कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। तराई भू–भागका थोरै स्थानहरूमा तुँवालो रहनेछ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,