News by: helpline
बाठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आज बिहीबारदेखि शुरु भएको छ ।
परीक्षा बिहीबार बिहान ८ बजेदेखि शुरु भएको हो । पहिलो दिन बिहीबार अनिवार्य अंग्रेजी विषयको परीक्षा भएको छ । राष्ट्रिय परीषा बोर्डका अनुसार यसवर्ष चैत २९ गतेसम्म संचालन हुने परीक्षामा ५ लाख १२ हजार ४ सय ७१ जना विद्यार्थी परीक्षामा सहभागी छन् ।
एसईई परीक्षाका लागि देशभरका १ हजार ९ सय ६५ वटा र जापानमा एक गरी १ हजार ९ सय ६६ परीक्षा केन्द्र तोकिएका छन् । सबै भन्दा बढी परीक्षार्थी काठमाडौंमा रहेका छन् भने सबै भन्दा कम मनाङमा रहेको बोर्डले जनाएको छ । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का उप–नियन्त्रक विष्णुप्रसाद ज्ञवालीले काठमाडौंका १ सय ३५ वटा परीक्षा केन्द्रबाट ४१ हजार १ सय ५५ जना विद्यार्थीले परीक्षा दिने बताउनुभयो। सबै भन्दा कम मनाङमा भने एउटा परीक्षा केन्द्रबाट ३७ जना विद्यार्थीले परीक्षा दिने भएका छन् ।
जापानमा रहेको केन्द्रबाट २३ जना विद्यार्थी सहभागी हुने उहाँको भनाइ छ । उप–नियन्त्रक ज्ञवालीकाअनुसार बालसुधार गृहमा रहेका विद्यार्थीका लागि नजिकको परीक्षा केन्द्रमार्फत परीक्षा दिनेगरी व्यवस्था मिलाइएको छ । त्यस्तै, विशेष क्षमता तथा अपाङ्गता भएका विद्यार्थीलाई उनीहरुको प्रकृतिअनुसार अतिरिक्त समय र लेखन सहयोगीको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
३ घण्टाको परीक्षामा उनीहरूलाई थप १ घण्टा ३० मिनेट समय दिइनेछ । लेखन सहयोगीका रूपमा कक्षा ९ सम्म अध्ययनरत विद्यार्थीलाई उपलब्ध गराइने ज्ञवालीले स्पष्ट पार्नुभयो । परीक्षा नियन्त्रक कार्यलयले यसवर्षको एसईई परीक्षाको नतिजा एक महिनाभित्रै प्रकाशन गर्नेगरी तयारी गरेको छ । सरकारले छिटो नतिजा प्रकाशन गर्न निर्देशन दिएकाले सोहीअनुसार तयारी गरिएको उपनियन्त्रक ज्ञवालीले बताउनुभयो ।
उहाँका अनुसार परीक्षा भएको विषयको सोही दिन परीक्षाकेन्द्रमा परीक्षक र संपरीक्षकहरुले उत्तरपुस्तिका जाँच गरेर विद्यार्थीको लब्धांकपत्र शिक्षा विकास तथा समन्वय ईकाईमा पठाउने व्यवस्था गरिएको छ । शिक्षा विकास तथा समन्वय ईकाईले तोकिएको समयमा लब्धांकपत्रहरु परीक्षा नियन्त्रण कार्यलयमा पठाउने समेत उहाँले जानकारी दिनुभयो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,