News by: helpline
काठमाडौं । नेपालीहरुको महान् पर्व बडा दशैं आजबाट शुरु भएको छ ।
आश्विन शुक्ल पक्ष प्रतिपदाका दिन आज बिहान घरघरमा जौ, मकै, गहुँ आदिको जमरा राखी घटस्थापना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदा देखि पूर्णिमा सम्म मनाइने बडा दशैंको पहिलो दिन आज ‘शैलपुत्री’ दुर्गाभवानीको पूजा गरी घटस्थापना गर्ने र जमरा राख्ने गरिन्छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार, यस पटक घटस्थपना गर्ने साइत आज बिहान ९ बजेर १३ मिनेटमा रहेको छ । नदी वा चोखो स्थल बाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा या दशैं घरमा जमरा राखिन्छ ।
माटाको घट (कलश) स्थापना गरी जमरा राख्ने गरिन्छ । घटस्थापनाका दिन दुर्गापूजा सँगै विभिन्न शक्ति पीठको दर्शन गर्ने चलन रहेको छ । घटस्थापनाको दिन पूजाकोठा, दशैं घर अथवा कोतमा दियो कलश र गणेश थापी नवदुर्गाको स्थापना गर्ने चलन छ । कतैकतै भने ब्रह्माको पनि स्थापना गरिन्छ । घरको पूजा कोठा वा दशैंघरमा विधिपूर्वक घटस्थापना गरेपछि शैलपुत्री देवीलाई आह्वान गरी पूजा आराधना गरिन्छ । नवदुर्गामध्येकी पहिलोदेवी शैलपुत्री दुर्गाको नौ मूर्तिमध्येको एक हो ।
गिरिराज हिमालयकी पुत्री पार्वतीदेवी नै शैलपुत्री भएको देवी कवच, मार्कण्डेयलगायत पुराणआदि ग्रन्थमा उल्लेख गरिएको छ । शैलपुत्री देवीलाई सबैकी अधिश्वरीका रुपमा पूजाआराधना गरिन्छ ।
घटस्थापनाका दिन पूजा कोठामा घैंटो अथवा घडामा जलभरि माथि पटि आँप, चाप, वर पिपलको पात राख्ने परम्परा छ । यो घडा वरिपरि गाईको गोबर टाँसेर त्यहाँ जौ उमार्ने चलन छ । कलशको स्थापना गरी नदी, खोला, बगर या आफूलाई पायक पर्ने ठाउँ बाट ल्याइएको चोखो बालुवा या माटोमा जमरा छरिन्छ । घटस्थापना देखि नवरात्र भरि दुर्गा सप्तसधी र चण्डी पाठ गर्ने चलन छ । सप्तमी, अष्टमी र नवमीका दिन जमरा राखेको स्थानमा बली दिई, हात हतियार र निशानको पूजा गरिन्छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने