News by: helpline
काठमाडौं । आज विश्व फार्मासिस्ट दिवस मनाइदैछ । प्रत्येक वर्ष २५ सेप्टेम्बरमा यो दिवस समाजमा फार्मासिष्टको महत्वपूर्ण भूमिकालाई उजागर गर्ने उद्देश्यले विश्व फार्मासिस्ट दिवस मनाइने गरिएको हो ।
नेपालमा पनि यो दिवस बिभिन्न कार्यक्रम गरी मनाइने गरेको छ । अन्तर्राष्ट्रिय औषधि महासंघ काउन्सिलको स्थापना सन् १९१२ मा भएको थियो, त्यसपछि सन् २००९ मा टर्कीको इस्तानबुलमा भएको वल्र्ड कंग्रेस अफ फार्मेसी एन्ड फार्मास्युटिकल साइन्समा अन्तर्राष्ट्रिय औषधि महासंघ काउन्सिलले हरेक बर्ष सेप्टेम्बर २५ मा यो दिवस मनाउने घोषणा गरेको थियो । यस वर्षको दिवसको अन्तर्राष्ट्रिय नारा “स्वस्थ्य भविष्यका लागि फर्मासिस्टहरूलाई सशक्त बनाऔँ ” भन्ने रहेको छ ।
यसै सन्दर्भमा औषधी व्यवस्था विभागले औषधि क्षेत्रमा संलग्न सम्पूणमा हार्दिक शुभकामना व्यक्त गरेको छ। बिभागका महानिर्देशक भरत भट्टराइले विश्व फार्मासिस्ट दिवस २०२६ का अवसरमा जारी गर्नुभएको शुभकामना शन्देशमा प्रत्येक नेपाली नागरिकले सुरक्षित, प्रभावकारी र गुणस्तरीय औषधिको पहुँच पाउनुपर्छ भन्नेमा विभागको विशेष ध्यान रहेको उल्लेख गर्नुभएको छ । उहाँले यो दिवसले “स्वस्थ नेपाल“ निर्माणको राष्ट्रिय आकांक्षालाई प्रत्यक्ष सहयोग पुर्याउने उल्लेख गर्नुभएको छ ।
महानिर्देशक भट्टराइले स्वास्थ्य सेवाको मेरुदण्ड सशक्त र दक्ष फर्मासिस्टहरूनै सबल औषधि प्रणाली र समग्र स्वास्थ्य सेवाको मुख्य आधार भएकोले उनीहरूलाई सशक्त बनाउनुपर्नेमा जोड दिनुभएको छ । औषधिको उचित प्रयोग, एन्टिमाइक्रोबियल स्टेवार्डसिप, भिजिलेन्स, औषधिको सुरक्षा, बिरामी परामर्श र उपचारका क्रममा पालना गर्नुपर्ने बिषय जस्ता क्षेत्रमा फर्मासिस्टहरूको नेतृत्वदायी भूमिका महत्पूर्ण हुने बिभागले जनाएको छ ।
शन्देशमा नवीन प्रविधिको प्रयोगमा आजका युवा फर्मासिस्टहरूलाई डिजिटल हेल्थ, आर्टिफिसियल इन्टेलिजेन्स, टेलि–फार्मेसी, क्लिनिकल फार्मेसी प्राक्टिस, र अनुसन्धानमा आधारित अभ्यास अपनाउँदै अघि बढ्न आह्वान गरिएको छ। न्यून गुणस्तर, नक्कली औषधिको नियन्त्रण, र एन्टिमाइक्रोबियल रेसिस्टेन्स जस्ता विश्वव्यापी चुनौतीहरूसँग जुध्न व्यवसायिक आचरण,सेवामुखी दक्षता, नियामक निकाय, उद्योग, अस्पताल र शैक्षिक क्षेत्रहरुबीच थप सहकार्य आवश्यक रहेको पनि महानिर्देशक भट्टराइले उल्लेख गर्नुभएको छ ।
विश्व फार्मासिस्ट दिवस मनाउनुको उद्देश्य फार्मासिस्टको महत्वपूर्ण भूमिकालाई उजागर गर्नु र चिकित्सा क्षेत्रलाई सम्मान गर्नु रहेको छ । यस दिन प्रत्येक व्यक्तिलाई उचित स्वास्थ्य सेवा प्रदान गर्न फार्मासिष्टहरूले खेल्ने महत्त्वपूर्ण भूमिकाको बारेमा मानिसहरूलाई सचेत गराइन्छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक