24th February 2026, Tuesday

आज श्री पञ्चमी अर्थात बसन्त पञ्चमी, बिद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै

Post Image
1 महिना अगाडी

News by: helpline

काठमाडौं । आज श्री पञ्चमी अर्थात बसंत पञ्चमी बिद्याकी देवी सरस्वती माताको पूजा आजा गर्ने पवित्र दिन। बसन्त ऋतू प्रारम्भ हुने दिन पनि।

आजै आ-आफ्नो घर र नजिकैको सरस्वतीको मन्दिर पुगेर पूजा आजा गरेर बिद्या प्राप्ति को कामना गर्ने गरिन्छ। श्री पञ्चमीको दिन निष्ठापूर्वक सरस्वतीको पूजा–आराधना गरेमा विद्या प्राप्त हुने शास्त्रीय मान्यता छ। त्यही मान्यता अर्थात बिश्वासमा आज घर तथा सरस्वतीको मन्दिरमा बिशेष पूजा आजा गरेर श्री पञ्चमी मनाइन्छ।

सरस्वती पूजालाई महत्व ठूलो रहेको छ ।श्री पञ्चमीको दिन सरस्वतीको पूजा गरी विद्या आरम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ । त्यसैले विधालय नगएका र पहिलो पटक पढ़न योग्य भएका केटाकेटीलाई श्री पञ्चमीको दिन सरस्वतीको पूजा गराएर मात्र अक्षर आरम्भ गराउने चलन छ। 

श्री पञ्चमीको दिन विवाह, ब्रतबन्ध जस्ता जुनसुकै शुभकार्यका लागि साहित हेर्न पर्दैन भन्ने धार्मिक बिश्वास समेत रहेको छ। सरस्वती प्रार्थना मन्त्र:- सरस्वती माया दृष्टा वीणापुस्तकधारिणी। हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे॥१।। प्रथमं भारती नाम द्वितीयं च सरस्वती। तृतीयं शारदा देवी चतुर्थं हंसवाहिनी॥२।। पञ्चमं तु जगन्माता षष्ठं वागीश्वरी तथा। सप्तमं चैव कौमारी चा‌‌‍‍‍‌ऽष्टमं वरदायिनी॥३।।‌‍‌‌ नवमं बुद्धिदात्री च दशमं ब्रह्मचारणी। एकादशं चन्द्रघण्टा द्वादशं भुवनेश्वरी॥४।। द्वादशैतानि नामानि त्रिसन्ध्यं यः पठेन् नरः। जिह्वाग्रे वसते तस्य ब्रह्मरूपा सरस्वती॥५।।

 यो प्रार्थना ग़री सरस्वती माताको पूजा आजा गर्नाले बुद्धी बृद्धि हुने बाक्य सिद्धि प्राप्त हुने शास्त्रीय मान्यता र गहिरो बिश्वास रहेको छ।



No ad available.


No ad available.