News by: helpline
काठाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेनजी प्रतिनिधिहरूसँग आज छलफल गर्नुहुने भएको छ ।
अन्तरिम सरकारी प्रधानमन्त्री कार्कीले राष्ट्रिय मान्यता प्राप्त दलहरू र जेनजी अगुवालाई एकै ठाउँमा राखेर पहिलोपटक त्रिपक्षीय लाग्नु भएको हो । छलफल अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हुनेछ ।
प्रतिनिधि सभा निर्वाचनको वातावरणका लागि सघन वार्ता र छलफल गरिरहेको सरकारले पहिलो पटक राजनीतिक दल र जेनजी पुस्तासँग वार्ताको वाताबरण बनाएको हो । यसअघि यही कात्तिक ४ गते सरकार र राजनीतिक दलबिच सर्वदलीय छलफल भएको थियो ।
प्रधानमन्त्री कार्कीको आह्वानमा भएको सर्वदलीय बैठकमा आवश्यक वातावरण बनाएर निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्ने गरी सबै पक्ष सकारात्मक भएका थिए । सरकारले निर्वाचन आयोगसँग पनि विभिन्न चरणमा छलफल गरी निर्वाचनको वातावरणका निम्ति ताकेता गरिरहेको छ । सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभाको निर्वाचनको मिति तय गरेको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने