24th December 2025, Wednesday

आज र भोली भारी बर्षा :सतर्कता अपनाउन आग्रह।

Post Image
2 महिना अगाडी

News by: helpline

आज शनिबार देखी भोलि आइतबारसम्म देशका विभिन्न स्थानम भारी वर्षा हुने पूर्वानुमान जल तथा मौसम विज्ञान विभागले गरेको छ । केही स्थानमा भने धेरै भारी वर्षाको सम्भावना रहेको पनि बिभागले जनाएको छ । बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको कारण भारी र धेरै भारी वर्षाको सम्भावना रहेको बिभागको ठम्यायी छ। हाल कोसी प्रदेशका एकदुई स्थान, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आगामी २४ घण्टा कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशका तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । मधेस, वाग्मती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभाग धेरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । मधेस,, वाग्मती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना छ । त्यसैले यी प्रदेश भएर बग्ने नदी तथा खोलामा वहाब उल्लेख्य बढ्न सुरु हुने हुँदा खोला तथा नदी किनारका बासिन्दा आबश्यक सर्तकता अपनाउन समेत विभागले आग्रह गरेको छ । आज राति नवलपरासी पश्चिम, नवलपरासी पूर्व, तनहुँ, लम्जुङ, गोरखा, धादिङ, चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट, सर्लाही, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुली र आसपासका जिल्ला भएर बग्ने नदी तथा खोलाहरूमा आकस्मिक बाढीको जोखिम रहेको छ । त्यस तर्फ सचेत र सतर्क रहन र आबश्यक परे सबै मिलेर प्रतिकार्यमा जुटन पनि आब्हान गरेको छ।।

No ad available.


No ad available.