News by: helpline
काठमाडौं । आज बिहिबार प्रतिनिधि सभाको निर्वाचन हुँदैछ ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको कार्यादेश अनुसार आज देशका १६५ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा सदस्य पदका लागि मतदान हुँदै गरेको हो । निर्वाचन आयोगले मतदानका लागि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय निर्वारण गरेको छ । यो निर्वाचनमा प्रत्यक्षतर्फ १६५ र समानुपातिक निर्वाचन प्रणालीतर्फ ११० गरी २७५ प्रतिनिधि सभा सदस्य पदका लागि मतदान हुने छ । संविधान जारी भएको एक दशक पूरा हुनै लाग्दा तय भएको प्रतिनिधि सभा निर्वाचनले देशलाई नवीन रूपान्तरणको मार्गतर्फ अघि बढाउने अपेक्षा गरिएको छ ।
मतदानस्थलमा प्रवेश गर्ने तयारीमा रहेका मतदाता, राजनीतिक दलमा आबद्ध नभएका सामाजिक अभियन्ता र जेनजी आन्दोलनको अगुवाइ गरेका अभियन्ताले प्रतिनिधि सभा निर्वाचनमार्फत वास्तविक रूपमै नयाँ नेपाल निर्माणका लागि नवीन अठोट र जनादेश प्राप्त हुने विश्वास व्यक्त गरेका छन् । यो निर्वाचनमा प्रत्यक्षतर्फ ३ हजार ४ सय ६ र समानुपातिकतर्फ ३ हजार १ सय ३५ उम्मेदवार छन् ।यो निर्वाचनमा ९६ लाख ६३ हजार ३ सय ५८ पुरुष र ९२ लाख ४० हजार १ सय ३१ महिला मतदाता छन् ।
लैंगिक अल्पसंख्यक मतदाताको संख्या २ सय रहेका आयोगले जनाएको छ । सुरक्षाकर्मी, निर्वाचनमा खटिने कर्मचारी, कैदी र आश्रममा बस्ने गरी १ लाख ८६ हजार १ सय ४२ अस्थायी मतदाता छन् । उनीहरूका लागि अस्थायी मतदानस्थल तोकिएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,