24th February 2026, Tuesday

आज के के भयो कांग्रेस बिशेष महाधिबेशनमा

Post Image
1 महिना अगाडी

News by: helpline

नेपाली कांग्रेसको यहाँ जारी दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्दसत्र तारामान गुरुङको सभापतित्वमा विहान १० वजे शुरु भयो ।

बन्दसत्रसंगै विशेष महाधिवेशन निर्वाचनबाट नेतृत्व चयनका लागि वरिष्ठ अधिवक्ता सीताराम केसीको अध्यक्षतामा पाँच सदस्यीय निर्वाचन समिति गठन गर्यो । निर्वाचन समितिमा वरिष्ठ अधिवक्ता अशोक पोखरेल, अधिवक्ता गोकर्ण बन्जाडे, आरसी विमल पौडेल र रामचन्द्र गौतम सदस्य रहनुभएको निर्वाचन समिति गठन गरेको हो ।

 विशेष महाधिवेशनले बनाएको कार्यविधिमा पाँच सदस्यीय निर्वाचन समिति रहने व्यवस्थाअनुसार वरिष्ठ अधिवक्ता केसीको संयोजकत्वमा समिति गठन गरेको हो । नेपाली कांग्रेस विशेष महाधिवेशनद्वारा गठन गरेको निर्वाचन समितिले आज पत्रकार सम्मेलन गरी पार्टीको पुरानो विधानअनुसार निर्वाचन गर्ने भएको छ । पार्टीको पुरानो विधानअनुसार एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र एक सय २१ सदस्यको निर्वाचन हुने भएको हो । निर्वाचन समितिले नयाँ नेतृत्व चयनका लागि कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

 विशेष महाधिवेशनको सोमबारदेखि भृकुटीमण्डपमा जारी बन्द सत्रले आजै गठन गरेको निर्वाचन समितिले एक सूचनामार्फत कार्यतालिका सार्वजनिक गरेको हो । कार्यतालिका अनुसार केन्द्रीय नेतृत्व निर्वाचनका लागि आजै राति ९ बजेदेखि १ बजेसम्म मतदानको समय तोकिएको छ ।

त्यसैगरी कार्यतालिकामा दिउँसो साढे बाह्र बजेसम्म मतदाता नामावली प्रकाशन गर्ने र मतदाता नामावलीमाथिको दाबी विरोध र छानविनको लागि साढे एक बजेसम्म तोकिएको छ । त्यस्तै अन्तिम नामावली प्रकाशन दिउँसो २ बजे, उम्मेदवार मनोनयन दर्ता २ बजेदेखि ३ बजेसम्म र उम्मेदवारको नामावली प्रकाशन अपाह्न साढे चार बजे गर्ने उल्लेख गरिएको छ । त्यस्तै साढे चार देखी पाँच वजे सम्म उम्मेदवारमाथि दावी विरोध तथा छनविन र पाँच देखी साढे पाँच वजेसम्म तय गरिएको छ।

उम्मेदवारी मनोनयन फिर्ता समय साढे पाँच साढे सात वजेसम्मको लागि तोकिएको छ । त्यसैगरी पौने नौ वजे उम्मेदवारको अन्तिम नमावली प्रकाशन गर्ने कार्यतालिका प्रकाशित गरिएको छ । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित विशेष महाधिवेशनले निर्वाचनका लागि मनोनयनपत्र दर्ता शुल्क तय गरि प्रकाशन गरेको छ । जस अनुसार सभापति पदका लागि ३० हजार रुपैया, उपसभापति र महामन्त्रीका लागि र २५ हजार रुपैया, सहमहामन्त्रीका लागि २० हजार रुपैया र केन्द्रीय सदस्यका लागि १० हजार रुपैया मोनयन दर्ता शुल्क निर्धारण गरिएको छ ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा चार हजार ७४३ मतदाता रहेकामा निधन भएका र अन्य पार्टीमा प्रवेश गरेकाबाहेक हाल चार हजार ६३५ महाधिवेशन प्रतिनिधि कायम छन् ।



No ad available.


No ad available.