News by: helpline
काठमाडौं । फागुपूर्णिमा अर्थात होली पर्व आज सोमबार काठमाडौं उपत्यकासहित हिमाली तथा पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ ।
प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्व वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको सन्देश बोकेर आउने गर्दछ । यो पर्वमा एक आपसमा रङ दलेर लोला खेलेर मनाइने गर्दछ । फागु पर्व मनाउने प्राचीनकालदेखिको परम्परा छ ।
केही वर्ष अघिसम्म काठमाडौं उपत्यका र शहरी क्षेत्रमा उच्छृङ्खल रूपमा मनाइने होली पछिल्लो समय प्रहरीको सक्रियताका कारण सभ्य बन्दै गएको छ । सडकमा हिँड्ने व्यक्तिलाई इच्छाविपरीत रङ र लोला हान्ने क्रम करिब बन्द भएको छ । फागु पर्वको अघिल्लो दिन सडकमा फोहोर पानी छ्याप्ने गतिविधि पनि देखिएको छैन ।
काठमाडौंको वसन्तपुरमा गाडिएको ‘चिर’ विधिपूर्वक ढाली बाजागाजासहित टुँडिखेलमा लगी जलाउने परम्परा छ । चिरमा राखिएका ध्वजापताका औषधोपचारमा उपयोगी हुने विश्वासका साथ लिइन्छ । चिरको खरानी टीका लगाउँदा अनिष्ट टर्छ भन्ने जनविश्वास छ । तराई–मधेश क्षेत्रमा भने मंगलबार होली मनाउने परम्परा छ ।
यसैबीच निर्वाचन आयोगले प्रतिनिधिसभा चुनावलाई ध्यानमा राख्दै भीडभाड र तामझाम नगरी होली मनाउन आग्रह गरेको छ । यसपालि कुनै संघसंस्था वा कलाकारलाई कन्सर्ट तथा साङ्गीतिक कार्यक्रम गर्न दिइएको छैन । प्रहरीले चोक–चोकमा विशेष सुरक्षा व्यवस्था मिलाएको छ । प्रहरीले भीडभाड नगरी होली मनाउन आग्रह गरेको छ
। फागुपर्व नेपालका साथै भारत लगायत विभिन्न देशमा फरक–फरक नाम र परम्परामा मनाइन्छ । राष्ट्रपति रामचन्द्र पौडेल,उपराष्ट्रपति सामसहाय प्रसाद यादव,प्रधानमन्त्री शुसीला कार्की,नेपाली कांग्रेसका सभापति गगन कुमार थापा लगायत बिभिन्न राजनीतिक दलका नेताहरुले होलीका अवसरमा शुभकामना दिनुभएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,