News by: helpline
काठमाडौं । आज चैत २६ गते अर्थात जनआन्दोलन दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
देशमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा हरेक वर्ष चैत २६ गते जनआन्दोलन दिवस मनाउने गरिएको छ । २०४६ साल चैत २६ गते ३० वर्षीय पञ्चायती शासन व्यवस्था अन्त्य गर्दै प्रजातन्त्र पुनःस्थापना भएको थियो । २०१७ साल पुस १ गते राजा महेन्द्रले शुरु गरेको पञ्चायती व्यवस्थाको अन्त्य २०४६ साल चैत २६ गते भएको थियो । नेपाली कांग्रेसको नेतृत्वमा वाममोर्चासहितको संयुक्त जनआन्दोलनपछि ३० बर्से पञ्चायती शासन ढलेको थियो । नेपाली कांग्रेसका सर्वाेच्च नेता गणेशमान सिंहको नेतृत्वमा भएको जनआन्दोलन ५० दिनसम्म चलेको थियो ।
२००७ साल फागुन ७ गते नेपालमा प्रजातन्त्र स्थापना भएको दिनको अवसर पारी २०४६ साल फागुन ७ गतेदेखि जनआन्दोलन शुरु गरिएको थियो । तत्कालीन राजा वीरेन्द्रले देशवासीका नाममा सम्बोधन गर्दै २६ गते बहुदलीय व्यवस्था पुनःस्थापनाको घोषणा गर्नुभएको थियो । त्यसयता माओवादी विद्रोह, २०६२÷६३ को दोस्रो जनआन्दोलन, मेधश आन्दोलन,गत भदौं २३–२४ गतेको जेनजी आन्दोलन भएका थिए । जसले देशको राजनीतिक र शासकीय संरचनामा ब्यापक फेरबदल गराएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,