22nd October 2026, Thursday

आइतबारदेखि काठमाडौंमा कांग्रेसको १५औँ महाधिवेशन सुरु

Post Image
2 हप्ता अगाडी

News by: helpline

काठमाडौं । कांग्रेसको १५औँ महाधिवेशन आइतबारदेखि सुरु भएको छ ।

 कांग्रेसको १५औँ महाधिवेशन आइतबार काठमाडौंको खुलामञ्चमा सुरु भएको हो । ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प ः समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित महाधिवेशन सुरु भएको हो। महाधिवेशनको उद्घाटन सभापति गगनकुमार थापाले गर्नुभएको थियो ।

थापाले कांग्रेसका पूर्वसभापतिहरूको तस्बिरमा माल्यार्पण, दीप प्रज्वलन तथा बिरुवामा पानी हालेर महाधिवेशन उद्घाटन गर्नुभएको हो उद्घाटन समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेकपा एमालेका महासचिव शंकर पोखरेल, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, नागरिक उन्मुक्ती पार्टीका संस्थापक अध्यक्ष रेशमलाल चौधरील गायतका नेताहरूले संबोधन गर्नुभएको थियो ।

कांग्रेसको १५औँ महाधिवेशन असोज २२ गतेसम्म चल्नेछ।



No ad available.


No ad available.