News by: helpline
काठमाडौं। नेपाल आईसीसी टी–२० विश्वकप क्रिकेटमा इटालीसँग १० विकेटले पराजित भएको छ ।
इटालीसँग बेहोर्दै नेपाल विश्वकपको सुपर ८ दौडबाट बाहिरिएको छ। नेपालले दिएको १२४ रनको सामान्य लक्ष्य इटालीले कुनै पनि विकेट नगुमाई १२.४ ओभरमै पूरा गर्दै १० विकेटको प्रभावशाली जित हात पारेको हो। जितसँगै समूह ‘सी’मा इटालीले २ अंक जोडेको छ। इटाली पहिलो खेलमा स्कटल्यान्डसँग ७३ रनले पराजित भएको थियो।
नेपालको भने यो लगातार दोस्रो हार हो। यसअघि इङ्ल्यान्डसँग नेपाल ४ रनले पराजित भएको थियो। यो समूहमा अपराजित रहेको वेस्ट इन्डिजको ४ अंक छ। इङ्ल्यान्ड र स्कटल्यान्डको समान २ अंक छ। इटालीका ओपनर जस्टिन मोस्का र एन्थोनी मोस्काले सुरुदेखि नै आक्रामक ब्याटिङ गर्दै नेपालको बलिङ आक्रमणलाई दबाबमा राखे।
जस्टिन मोस्का ४४ बलमा ५ चौका र ३ छक्कासहित अविजित ६० रनमा रहे। एन्थोनी मोस्काले झन् आक्रामक प्रदर्शन गर्दै ३२ बलमा ३ चौका र ६ छक्कासहित अविजित ६२ रन बनाए। दुवैबीच पहिलो विकेटका लागि १२४ रनको अविजित साझेदारी भयो। नेपालका कुनै पनि बलरले विकेट लिन सकेनन्।
सन्दीप लामिछानेले ३ ओभरमा ३१ रन खर्चिए भने करण केसीले २ ओभरमा २१ रन दिए। दीपेन्द्रसिंह ऐरीले ३.४ ओभरमा २४ रन खर्चिए। ललित राजवंशीको एक ओभरमा १९ रन बनाए ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,