23rd August 2026, Sunday

आफ्नो भारत भ्रमण नेपालको विकास र समृद्धिसम्बन्धी विषयलाई केन्द्रमा राखेर भएको रबि लामिछानेको भनाइ

Post Image
2 महिना अगाडी

News by: helpline

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमण व्यक्तिगत वा दलगत स्वार्थभन्दा माथि उठेर नेपालको विकास र समृद्धिसम्बन्धी विषयलाई केन्द्रमा राखेर भएको बताउनु भएको छ।

बिहीबार नयाँ दिल्लीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाललाई आर्थिक तथा विकासको नयाँ चरणतर्फ अघि बढाउने उद्देश्यसहित विभिन्न तहमा संवाद र सहकार्यको वातावरण निर्माण गर्न आफू भारत आएको बताउनु भयो ।

लामिछानेले नेपालले लामो समयदेखि समृद्धिको लक्ष्य बोके पनि अपेक्षित उपलब्धि हासिल गर्न नसकेको उल्लेख गर्दै अब क्षेत्रीय सहकार्य र अनुभव आदानप्रदानमार्फत विकासको गतिलाई तीव्र बनाउने आवश्यकता रहेको रास्वपा बताउनु भयो।

उहाँले पछिल्ला वर्षहरूमा भारतले हासिल गरेको विकास अनुभवबाट पनि नेपालले सिक्ने बताउनु भयो। सभापति लामिछानेले आफ्नो भ्रमणको उद्देश्य विभिन्न कूटनीतिक तथा संस्थागत संयन्त्रहरूसँग संवाद बढाउँदै आर्थिक विकास र समृद्धिको साझा आधार तयार गर्नु रहेको बताउनु भयो। आफ्नो भारत भ्रमण कुनै व्यक्तिगत माग वा पार्टीगत स्वार्थ नरहेको उल्लेख गर्दै नेपाल र नेपालीको हितलाई केन्द्रमा राखेको बताउनु भयो ।



No ad available.


No ad available.